प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारसँग सेटिङ मिलाएर वैदेशिक रोजगारीमा इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस नेतासहित दुईजना पक्राउ परेका छन्। रामेछाप कांग्रेसका नेता भरत चाैलागाईं र दोलखा कालिञ्चोककी बालिका सिवाकोटीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
उनीहरूले केयरगिभर परीक्षामा फेल भएका १५६ जना व्यक्तिलाई इजरायल पठाइदिने भनेर दुई करोड ५० लाख असुलेका हुन्। विश्वासमा पार्न उनीहरूले प्रधानमन्त्रीको सल्लाहकारको नाम दुरुपयोग गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकाउपर ठगीसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए।