मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ असोज ४ आइतबार २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘राइट टू रिकल’ दस्ताबेज बनाउन रास्वपाले गठन गर्‍यो चार उपसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार २१:२१:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टू रिकल’सम्बन्धी दस्ताबेज निर्माणका लागि चारवटा विषयगत उपसमिति गठन गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित दस्ताबेज निर्माण समितिको पहिलो बैठकले संवैधानिक तथा कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सरोकारवाला समन्वय तथा सञ्चार क्षेत्रसम्बन्धी अध्ययनका लागि उपसमिति गठन गरेको हो। बैठकले सांसद मनीष खनाललाई समितिको सचिवको जिम्मेवारीसमेत दिएको छ।

रास्वपाले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा ‘राइट टू रिकल’को अवधारणा अघि सारेको जनाएको छ।

संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन गर्ने उपसमितिको जिम्मेवारी सुलभ खरेल र गजला समिम मिकरानीलाई दिइएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यास अध्ययनको जिम्मेवारी अनुष्का श्रेष्ठले पाएकी छिन्।

सरोकारवालासँग छलफल तथा समन्वयका लागि समीक्षा बाँस्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वयका लागि प्रमोद न्यौपानेलाई जिम्मेवारी तोकिएको छ।