मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १० बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १० बुधबार ११:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशी बाढीपछि अर्जुन न्यौपानेको भावुक अपिल– ६ जना मैलुङ भिरकाे ओडारमा सुरक्षित छौँ, पिर नमान्नुस् है आफन्तजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १० बुधबार ११:२४:oo

भोटेकोशीमा आएको बाढीपछि रसुवाका स्थानीय अर्जुन न्यौपानेले आफू सुरक्षित रहेको जानकारी दिँदै आफन्तजन तथा शुभेच्छुकलाई भावुक अपिल गरेका छन्।

न्यौपानेले सामाजिक सञ्जालमार्फत आफू अहिले मैलुङ भिरमा सुरक्षित रहेको र अन्य पाँचजनासहित गरी ६ जना ओडारमा रहेको बताएका छन्। उनले आफूहरू सुरक्षित भए पनि आसपासका बस्तीप्रति चिन्ता व्यक्त गर्दै उद्धार र सुरक्षामा तत्काल ध्यान दिन आग्रह गरेका छन्। ‘म सुरक्षित छु। साथीहरू सबै देखेका छैनौँ। हामी ६ जना ओडारमा छौँ,’ उनले लेखेका छन्।

उनले विशेषगरी खाल्टे, बेत्रावती र त्रिशूली–बट्टार क्षेत्रका बस्तीलाई बाढीबाट जोगाउन आग्रह गरेका छन्। आफूहरूलाई तत्काल उद्धारभन्दा पनि जोखिममा रहेका बस्ती र स्थानीयको सुरक्षालाई प्राथमिकता दिन उनको अपिल छ।

‘कृपया खाल्टे, बेत्रावती, त्रिशूली–बट्टारको बस्ती बचाइदिनुस्। अरूलाई र हामीलाई अहिलेलाई पर्दैन। मैलुङ भिरमा सुरक्षित छौँ। पिर नमान्नुस् है आफन्तजन,’ न्यौपानेले भावुक हुँदै भनेका छन्।