अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको बाढीबाट आफु दुःखी रहेको र नेपाललाई कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्। नेपाललाई तत्कालै सहायता सामाग्री पठाउने पनि उनले घोषणा गरेका छन् ।
फक्सन्यूजद्वारा सार्वजनिक ट्रम्पको भिडियामा उनले भनेका छन्,‘हामीले नेपालमा फोन गरेका छौं, हामीबिच धेरै राम्रो सम्बन्ध रहँदै आएको छ, नेपालमा एकदमै क्रुर किमिसमको बाढी आएको छ, कसैले पनि यस्तो किमिसको बाढी देखेका थिएनन् । धेरै शक्तिशाली बाढी आएको छ, भवनहरु टुथपिकजसरी बगाएर लगेको छ, हामी सहायता सामाग्री पठाउँदै छौं, त्यहाँको नेतृत्वसँग कुरा गरेका छौं, कुनै प्रकारका सहयोग चाहिन्छ हामीलाई जानकारी होस्, हामी तयार छौं ।’ केही अमेरिकी नागरिक पनि सम्पर्कविहिन भएको उनीहरुको अवस्था पत्ता लगाउने काम भइरहेको उनको भनाई छ। आफ्नै कार्यालयमा पत्रकारहरुसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन्।