मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ११ बिहीबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ११ बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ११ बिहीबार १७:२६:oo

रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएका छन् ।  बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका  उनको नेपाल र चीन दुवैतर्फ खोजी भइरहेको छ ।  

मंगलबार रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो । त्यसयता उनको कसैसँग सम्पर्क भएको नभएको श्रीमती कालिका खड्काले बताइन् ।  उनले सबै निकायबाट खोजी र उद्धारका लागि पहल गरिदिनु  अपिल गरेकी छिन्। 

खड्काले लेखेकी छिन्,‘मेरो श्रीमान टेकबहादुर थामी केरुङ्को एक कार्यक्रममा जाने क्रममा मंगलबार रसुवागढी पुग्नुभएको थियोे ।  हिजो बिहान ८.२१ बजेसम्म मोबाइल लोकेसन देखिनुहुन्छ । त्यसपछि फोन अफ छ । उहाँ अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन । पत्रकार अन्वेषण अधिकारीको म्यासेजरमा कल गरेकोजस्तो रातो संकेत मात्रै देखिएको हो । स्पष्ट आधार, सम्पर्क अहिलेसम्म केही प्राप्त भएको छैन । उहाँको अवस्थाबारे हामी चिन्तित छौ । सम्बन्धित सबै निकायबाट खोजी तथा उद्धारका लागि पहल होस्। उहाँबारे कुनै जानकारी भए परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिनुहुन अनुरोध छ ।’   

थामीले सोमबारदेखि चार दिनका लागि कार्यालयमा बिदा लिएका थिए । आफू कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए । उनी चीनतर्फ गए–नगएको पुष्टि हुन सकेको छैन । 

चीनतर्फ पुगेको सूचनाका आधारमा खोजीका लागि चिनियाँ पक्षसँग पनि समन्वय भइरहेको छ । उनको विस्तृत विवरण स्थानीय चिनियाँ अधिकारीलाई पठाएर खोजीका लागि आग्रह गरिएको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताए । पत्रकार थामीको खोजीलाई तीव्रता दिन  नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ लगायत निकायहरूलाई आग्रह गरेको छ । 

–यस समाचारमा पछिल्लो विववरणअनुसार थपघट र अपडेट गरिएको छ।