मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ११ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ११ बिहीबार १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार

सिभिल सहकारीको ठगीमा इच्छाराजसहित  १७ आरोपी दोषी ठहर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ११ बिहीबार १९:४o:oo

सिभिल सहकारीको ठगी मुद्दामा अदालतले पाँच वर्षपछि फैसला सुनाएको छ। जिल्ला अदालत, काठमाडौंले पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १७ आरोपीलाई दोषी ठहर गरेको छ । सजाय भने अर्काे पेशीमा निर्धारण हुने भएको छ । 

न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य(तामाङ)  तथा दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण कुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, मीना तामाङ सुमन नन्दन बैध लगायलाई दोषी ठहर गरेको हो । संगठित अपराधको कसुरमा भने उनीहरुलाई अदालतले सफाइ दिएको छ। 

उनीहरुमाथिको सजाय भने २५ भदौमा निर्धारण हुने भएको छ। 

२०७८ को मंसिरमा तामाङलाई पक्राउ गरी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो। ४२ जनाविरुद्ध पाँच अर्ब ५९ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। तामाङ त्यसयता कारागारमै छन्। तर, पीडितहरुले बचत फिर्ता पाउन सकेका छैनन्।  

आदेशमा भनिएको छ–
प्रतिवादीहरू इच्छाराज तामाङ, दुर्गा प्रसाद संग्रौला, जयेन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, केशव लाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरि प्रसाद रिसाल, सिर्जना शाक्य (तामाङ), लालकाजी गुरुङ र मिना गुरुङले अभियोग मागदावी तत्काल प्रचलित मुलुकी ऐन ठगीको ’महल’को १ नं. मा परिभाषित एवं निषेधित र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) ले निषेधित उपदफा (२) को कसूर गरेको ठहर्छ। फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ८ र ९ बमोजिम सजाय निर्धारण सम्बन्धमा प्रस्तुत मुद्दामा छुट्टै सुनुवाई गर्नुपर्ने देखिंदा सो प्रयोजनको लागि दुवै पक्षको सजाय पूर्वको प्रतिवेदन लिई मिति २०८३।५।२५ को पेसी तारेख तोक्नु ।