मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १३:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२०औँ एसियाली खेलकुद, क्यानोइङ टोली पोखरामा अभ्यासमा व्यस्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १३:५७:oo

आउँदो १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालका तर्फबाट सहभागी हुने क्यानोइङका खेलाडीहरू पर्यटकीय नगरी पोखराको फेवातामा अभ्यासमा व्यस्त छन् । 

खेलकुदअन्तर्गत हुने क्यानोइङको कायक स्लालम र कायक क्रस विधामा नेपालका तर्फबाट धादिङका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले प्रतिस्पर्धा गर्दै छन् । दुई खेलाडीलाई निमबहादुर मगरले प्रशिक्षण दिइरहेका छन् ।

फेवातालमा उनीहरूले दैनिक बिहान र बेलुका गरी खेल कौशल, प्राविधिक विषय, शारीरिक फिटनेससँगै प्रतिस्पर्धात्मक तयारीलगायतका विषयमा केन्द्रित रहेर दैनिक चार घण्टा प्रशिक्षण लिइरहेका छन् ।

प्रशिक्षणमा व्यस्त टोली अझै करिब तीन साता पोखरामै रहने र त्यसपछि थाइल्यान्ड जानेछ । नेपालको टोलीले भारतमा गएर भारतका खेलाडीँग खेल्ने योजना रहे पनि भारतका खेलाडी अर्को देशमा अभ्यास गर्न गइसकेकाले टोली थाइल्यान्ड जान लागेको प्रशिक्षक मगरले बताए ।

दुई खेलाडीमध्ये विजय केही वर्षअघिसम्म पर्यटकको सुरक्षाका लागि तमोर नदीमा  र्‍याफ्टिङ गाइड बनेर काम गर्दै आएका थिए । पर्यटकको सुरक्षाका लागि उनले गरेको संघर्ष, मिहिनेत, निरन्तर अभ्यास, अनुभवका कारण उनको यात्रा एसियाली खेलकुदसम्म पुगेको हो । अब उनले देशको झन्डा बोकेर एसियाली खेलकुदमा प्रतिस्पर्धासँगै देशको प्रतिनिधित्व गर्ने भएका भएका हुन् ।