कैलाली ५ बाट रास्वपाका चन्द निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्। ३१ हजार ९५४ मत प्राप्त गरेका चन्द निकटतम प्रतिस्पर्धीसँग १९ हजार ९७७ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ८७६ र नेकपा एमालेका यज्ञराज ढुंगानाले पाँच हजार ८४९ मत प्राप्त गरे।

यो क्षेत्रबाट दुईजना स्वतन्त्रसहित १५ जना चुनावी प्रतिस्पर्धामा थिए। एक लाख १० हजार ५३९ मततादा रहेको क्षेत्र नम्बर ५ मा ६५ हजार ७५२ मत खसेको थियो।

सुझावित समाचार