१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १७ मंगलबार ०८:५८:००
Read Time : < 1 मिनेट
प्रवास

एनआरएनएनए नर्वेको छैटौ अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १७ मंगलबार ०८:५८:००

 गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको छैटौ राष्ट्रिय  अधिवेशन सम्पन्न भएको छ । अधिवेशन ओस्लोको सेरेन बुल्स भेईको हलमा  जुन २९ मा सम्पन्न   भएकाे हाे । अधिवेशनको उद्घाटन  यूरोप क्षेत्रीय संयोजक  शिव कुमार बरुवाल र राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष संजीव कुमार थापाले   गरेका थिए । प्रमुख अतिथि एवं क्षेत्रीय संयोजक शिव कुमार बरुवालले झन्डै ८० वटा राष्ट्रमा संघको राष्ट्रिय समन्वय समितिहरु रहेको जानकारी गराउदै नेपालको समृद्धिको लागि परोपकारी काम मात्रै पर्याप्त नभएको र एनआरएनहरुको प्रत्यक्ष लगानी, सिप र दक्षताको आवश्यकता रहेको बताए ।  

दोश्रो चरणको बन्दसत्रमा महासचिव राजु अर्यालले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष बिना नेवार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सामान्य परिमार्जन सहित सर्बसम्मत रुपमा पारित गरिएको थियो । त्यस्तै  विधान संशोधन समितिको तर्फबाट आइसीसी सदस्य द्वारिका महर्जनले प्रस्तुत गरेको विधान संशोधनका प्रस्तावहरुमा अधिवेशनमा उपस्थित सदस्यहरुबीच गहन छलफल भई विधान संशोधनकाे प्रक्रिया सम्पन्न गरिएको थियो । 

 जून ८ मा हुने भनिएको राष्ट्रिय समन्वय परिषद, नर्वेको छैटौ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न असम्भव भएपछि स्थगित गरिएको  बताइएको छ । २०१९ जून ८ मा हुने भनिएको  अधिवेशनको लागि  गठन गरिएको निर्वाचन समितिलाई अधिवेशनमा धन्यवाद सहित बिदाइ गर्दै ५ सदस्यीय  नयाँ निर्वाचन समिति गठन गरिएको छ  ।  डा.  सुरज थापाकाे संयोजकत्वमा प्रो, डा.  बिशाल कुमार सिटौला, नबराज गुरुङ, सन्तोष बानिया र मनिष बुढाथोकी सदस्य रहेको नयाँ कार्यसमितिलाई पुन : नयाँ प्रक्रियाबाट निर्वाचन सम्पन्न  गराउनका लागि  जिम्मेवारी दिइएको छ  ।