Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असार १८ शनिबार १२:२०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

Read Time : < 1 मिनेट
२०७९ असार १८ शनिबार १२:२०:००

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ। युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले स्थानीय समयानुसार शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेका जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो। नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो।  

भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उनले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गरेका थिए।

प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गरेका र अन्य विभिन्न व्यक्तिहरूसँग पनि सामान्य छलफल गरेका थिए । रासस/सिन्ह्वा