मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
२o८२ भदौ ६ शुक्रबार २२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्पीडित वर्गको अधिकारका लागि संघर्ष जारी छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार २२:o६:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित सबै वर्ग र जातिको अधिकारका लागि आफ्नो पार्टी लडिरहने बताएका छन् । आज लमजुङकाे बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन तथा संग्रहालयको उद्घाटन कार्यक्रममा उनले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताए ।

अध्यक्ष दाहालले भने, ‘सबै उत्पीडित वर्ग, जाति, समुदायले जुन स्तरको पहिचान र अधिकार पाउनुपर्ने हो, संविधानमा हामीले त्यो ठाउँमा पुर्‍याउन सकेनौँ । हामी कहीँ न कहीँ केही न केही विषयमा सम्झौता गरेर जानुपर्ने थियो । र, हामीले त्यतिवेलै भनेका थियौँ सहमतिमै संविधानसभा घोषणा गरिए पनि सो वर्ग र जातिका हक, अधिकार पूर्ण रूपमा प्राप्त नहुन्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

अध्यक्ष दाहालले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा आइपुगेर रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताए ।

तामाङ सांस्कृतिक भवन तथा संग्रहालयका रूपमा नवनिर्मित भवन उद्घाटनसँगै लमजुङमा तामाङ समुदायको हकहित स्थापित गर्न र जनजातिका पक्षमा देशभर बलियो सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, केन्द्रीय सदस्य मधुमाया अधिकारी, प्रतिनिधिसभा सदस्य उर्मिला माझीलगायतले तामाङ समुदायको हकहितका निम्ति सबैले आवाज उठाउनुपर्ने बताए । संघीय सरकारको रु. ६९ लाखको बजेटमा सो तामाङ सांस्कृतिक तथा संग्रहालय भवन निर्माण भएको नेपाल तामाङ घेदुङका अध्यक्ष होमराज तामाङले बताए ।