मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Friday, 14 August, 2026
२o८१ माघ २३ बुधबार १४:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १४:२o:oo

जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै  गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्। 

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् । 

 

 

सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका सत्येन्द्रलाई प्रहरीले मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । विवाह दर्ता गरिसकेपछि पनि उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । अन्तरजातीय विवाह छुटाउनकै लागि यसरी प्रहरीले दमन गर्दै आएको पीडितले बताएका छन् । गृहमन्त्रीकै निर्देशनमा यसरी अन्तरजातीय विवाह गर्ने किशोर–किशोरीलाई पटक–पटक पक्राउ गरिएको उजुरीका आधारमा राष्ट्रिय मानव अधिकार आयोगले समेत छानबिन गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले भने सो घटनाको विषयमा आफूलाई सामान्य जानकारीसमेत नभएको दाबी गरेका छन्। 

उता प्रहरी प्रधान कार्यालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गरी बालविवाहको मुद्दा दर्ता भएको आधारमा रामलाई पक्राउ गरिएको र जातीय विभेदको मुद्दामा कारबाहीका लागि कटिबद्ध रहेको प्रस्टीकरण  दिएको छ।