पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले हालैको अमेरिकी सहयोग कटौती र सम्बन्ध फरक कुरा भएको बताए ।
प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले ९० दिनपछि ट्रम प्रशासनले निर्णय पुनर्विचार गर्ने भएकाले रिजल्टपछि मात्रै वास्तविक कुरा बाहिर आउने बताए ।
नेपालमा युएसएआइडी र एमसिसिमा गरिएको लगानीमा प्रत्यक्ष प्रभाव पर्ने र सुरक्षित मातृत्व, जलवायुमा ट्रम प्रशासन सुरुदेखि विरुद्धमा रहेकाले प्रभाव रहने ज्ञवाली बताए ।
त्यस्तै, नेपाल–अमेरिका व्यापार सहुलियतमा पनि ठुलो घाटा हुने र ५० हजारको संख्यामा अवैध नेपाली आप्रवासी निस्किँदा असर स्वाभाविक पर्ने ज्ञवालीले बताए । तर, सहयोग कटौती र सम्बन्ध एउटै नभएकाले चीन र अमेरिकाको सम्बन्ध चिसिँदा बाछिटा आउने भएकाले नेपाल दृढतापूर्वक उभिनुपर्नेमा उनले जोड दिए ।