मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 10 July, 2025
२o८१ कार्तिक २२ बिहीबार १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१० दिने शिशु झाडीमा फाल्ने आमा प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार १८:२६:oo

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालयनजिकै झाडीमा १० दिने शिशु फाल्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको अर्जुनधारा नगरपालिका– ६ घर भई हाल काठमाडौं बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई प्रहरीले नियन्त्रणमा लिएको हो। थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको वेला आफ्नो १० दिने शिशुलाई झाडीमा फालेको धितालले स्वीकार गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले दिदीको घरबाटै नियन्त्रमा लिएको हो।

गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षक सबिनबाबु अर्याल नेतृत्वको टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो।

शिशु फाल्ने व्यक्तिको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारीअनुसार शिशुकी आमा मेनुका धिताललाई उनको दिदीको घरमा फेला पारेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिए।

चार वर्षअघि सवारी दुर्घटनामा श्रीमान् गुमाएकी धितालले फेसबुकबाट चिनजान भएको युवकसँगको सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

उनका यसअघि २ सन्तान रहेका छन्। धितालको बयानको आधारमा युवकको खोजी कार्य थालिएको प्रहरी निरीक्षक अर्यालले बताए।