१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Monday, 30 June, 2025
२o८१ असोज १८ शुक्रबार २o:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुस माग्ने हाकिमको सरुवा, तीनदिने स्पष्टीकरण माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार २o:३o:oo

कार्यालयमै घुस मागेको भिडियो सार्वजनिक भएपछि मालपोत कार्यालय बैतडीका प्रमुख अशोक सार्कीको सरुवा भएको छ। उनलाई विभागले तीनदिने स्पष्टीकरण सोध्दै सरुवा गरेको हो।

कार्यालयमै सेवाग्राहीबाट घुस मागेको विषयमा स्पष्टीकरण दिन तीन दिनको समय दिइएको र उनी जिल्ला छाडेर विभाग गइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

गत बुधबार पाटन नगरपालिका– ८ का धनसिंह विष्ट र नरबहादुर विष्ट दाजुभाइबाट सार्कीले १० हजार रुपैयाँ घुस लिएको भिडियो नयाँ पत्रिकालगायतका मिडियाहरूबाट सार्वजनिक भएको थियो। 

छुट पुर्जा दिने क्रममा उनले पटक–पटक गरेर ५१ हजार घुस लिएको आरोप लागेको थियो भने ३० हजार रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएको थियो। 

मालपोत प्रमुख सार्कीलाई शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी शर्माले बोलाएर घुसकाण्डबारे सोधपुछ गरेका थिए। कार्यालयमा सेवाग्राही आफैँले पैसा राखेर भिडियो खिचेको बताए पनि उनले पटक–पटक घुस लिएको भिडियोको विषयमा सोध्दा नाजवाफ भएका थिए। 

कुनै पनि कर्मचारीविरुद्ध घुस लिएको आरोप लागेपछि सुरुमा स्पष्टीकरण सोध्ने र त्यसपछि कारबाहीका अन्य प्रक्रियाहरू सुरु गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। 

सार्कीको सरुवा भएपछि मालपोत कार्यालयमा निमित्त प्रमुखको जिम्मा नासु नगदीशप्रसाद तिवारीलाई दिइएको कार्यालयकी सूचना अधिकारी प्रतिभा गैरेले बताइन्।