Skip This
छुट्टै संयन्त्र निर्माण र नगरसभाको मागपछि तोकियो कार्यपालिका बैठक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३० बुधबार
  • Wednesday, 11 September, 2024
२o८१ श्रावण ३० बुधबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छुट्टै संयन्त्र निर्माण र नगरसभाको मागपछि तोकियो कार्यपालिका बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ३० बुधबार ११:३५:oo

सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरूले आर्थिक वर्ष ०८१/८२ का लागि बजेट तथा कार्यक्रम पारित गर्न तत्काल नगरसभा बोलाइनुपर्नेसहित तीनबुँदे माग गरेपछि नगर कार्यपालिकाको बैठक बोलाइएको छ ।  

कार्यपालिका सदस्यसमेत रहेका वडाध्यक्षहरूले आर्थिक वर्ष ०८१/८२ का लागि कार्यक्रम तथा बजेट पारित गर्न तत्काल नगर कार्यपालिकाको बैठक गरी नगरसभाको मिति तोक्न सोमबार २४ घण्टे अल्टिमेटम दिएपछि मंगलबार नगर कार्यपालिकाको बैठकका लागि पत्राचार गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले नगर उपप्रमुख, १ देखि १४ नम्बर वडासम्मका वडाध्यक्षहरू र नगर कार्यपालिका सदस्यहरूलाई आगामी २ भदौको दिउँसो नगर कार्यपालिकाको बैठक गर्ने गरी पत्राचार गरेका हुन् । 

गत २८ असारमा १२औँ नगरसभाअन्तर्गत पारित गर्न लागिएको बजेट तथा कार्यक्रम विवादका कारणले रोकिएको एक महिनापछि नगरका ११ र १२ बाहेकका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३ र १४ नम्बर वडाका वडाध्यक्षहरूले सोमबार संयुक्त प्रेस विज्ञप्तिमार्फत यथाशीघ्र नगरसभाको मिति तय गर्न माग गरेका थिए।