नेप्से परिसूचक २३.२५ अंक बढ्यो

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.२५ अंकले बढेको छ । आज नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५.४० को विन्दुमा कायम भएको हो ।

आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता सेयर ७२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजारबराबरको कारोबार भएको छ ।

 विकास बैंक समूह ०.२९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैकिङ समूह १.६९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर– २०८३ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु. १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी उन्नति कोषको दश लाख सात हजार तीन सय ५० कित्ता सेयर किनबेच भएको छ । (रासस)
 

सुझावित समाचार