सुनको मूल्य तोलामा २७ सयले घट्यो

आइतबार, १० असार, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार निर्धारण भएको छ ।  

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।  चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।     
  
 

See More On

सुझावित समाचार