मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ८ शनिबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिमा अपराधीकरण बढ्याे : डा. कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १८:२६:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिभित्र अपराधीकरण भइरहेको बताएका छन्।

पछिल्ला दिनहरूमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारीहरू एक ठाउँमा उभिएको प्रसंग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब विद्यमान ऐन कानुनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ।’

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताए।

चारैतिरबाट देश संकटमा परेको उल्लेख गर्दै उनले भने, ‘रेमिट्यान्सले देश चलिरहेको छ। आर्थिक अवस्था राम्रो छैन। यस्तो अवस्थामा देश जति वेला पनि कोल्याप्स गर्न सक्छ।’

शरीरका सबै अंगले काम गर्न छोडेपछि जति उपचार गरे पनि ठीक नहुने भन्दै नेता कोइरालाले देश अहिले त्यही अवस्थामा पुगेको जिकिर गरे। वर्तमान सरकार लामो समय नटिक्ने दाबी गर्दै उनले कांग्रेस अहिले आफ्नो पार्टी संगठनको काममा लाग्ने बताए।