
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ३ फिस्लिङ बजारनजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कारचालकको मृत्यु भएको छ।
दुर्घटनामा कारचालक कास्कीको पोखरा महानगरपालिका– ५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे.१ख ४०६० नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९ च ३७२० नम्बरको कार एक–आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो। दुर्घटना परी १३ जना घाइते भएका छन्।
घाइते तीनजनाको अवस्था गम्भीर छ। चारजना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ। कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो। रासस