१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

क्रिप्टोमार्फत गैरकानुनी कारोबार गर्ने दुईजना बाँकेबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४७:oo

क्रिप्टोमार्फत गैरकानुनी कारोबार गरेको आरोपमा बाँके प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गैरकानुनी रूपमा विदेशी मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका- १८ भाटभटेनीनजिकबाट कारोवारमा संलग्न दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा नेपालगन्ज उपमहानगरपालिका- २० का अमृत वर्मा र जानकी गाउँपालिका- १ का रियाज खाँलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

वर्मा र खाँले विनान्स/विटगेटमार्फत युएसडिटी (क्रिप्टो करेन्सी) को अवैध कारोबार गरी सोबापत दैनिक अन्दाजी एक करोड रुपैयाँसम्मको अवैध कारोबार गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

डिएसपी डाँगीले भने, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिएको छ । बाँकी कुरा अनुसन्धानबाट खुल्नेछ ।’ पक्राउ परेकालाई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएकाे छ ।


 

ad
ad