१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

त्रिविमा रेक्टर र रजिस्ट्रार नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३o:oo

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टर र रजिस्ट्रार नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा प्रधानमन्त्रीले शुक्रबार रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्क केसी नियुक्त गरेका हुन् ।

बरालका अनुसार त्रिवि ऐनअनुसार रेक्टर र रजिस्ट्रार पदमा उपकुलपतिले सिफारिस गर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्रीले नियुक्ति गरेका हुन् । रजिस्ट्रारमा नियुक्त भएका रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् । दुवैजना विषयगत हिसाबले पोख्त भएकाले काम गर्न सहज हुने उपकुलपति बरालको भनाइ छ । 

गत ६ चैतमा सूचना जारी गर्दै त्रिविले रजिस्ट्रार र रेक्टरका लागि आवेदन खुला गरेको थियो । सोही आधारमा छनोट गरेर सिफारिस गरिएको थियो । आफूले सिफारिस गरेको व्यक्ति नै नियुक्त भएकाले काम गर्न सहज हुने उपकुलपति प्रा.डा. बरालले बताए । उनका अनुसार टिमले पूर्णता पाएसँगै अब त्रिविका कामकाज सहज हुनेछन् । तर, विद्यार्थी नेता र प्राध्यापकबाट हुने अवरोध भने चुनौतीका रूपमा रहेको उनले बताए । 

ad
ad