१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:११:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ। 

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो। १४ वैशाखमा शुल्क विवरण माग गरिएकोमा  अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन्। 

उपमहानगरपालिकाभित्र ६८ वटा सामुदायिक विद्यालय हुन्। अझै २६ वटा विद्यालयले विवरण नबुझाएको प्रमुख भण्डारीले बताए। उनका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो। विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड वृद्धि रोक्ने तथा आइएमएस इन्ट्री रोकिदिनेसमेत भण्डारीले बताए।

पछिल्लो समय निजी विद्यालयहरूले बढी शुल्क लिएको भन्दै अभिभावकहरूले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाइ छ। ‘धेरै अभिभावकले शुल्क बढी भएको विषयमा गुनासो गर्नुभयो,’ उनले भने, ‘त्यसपछि हामीले सबैको विवरण माग गरेका छौँ, त्यो विवरणका आधारमा एउटा निर्णय गरेर अगाडि बढ्नेछौँ।’ 

सकेसम्म सबै निजी विद्यालयको शुल्कमा एकरूपता ल्याउने प्रयास गरिने प्रमुख भण्डारीको भनाइ छ। 

ad
ad