१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रावा बैंकका सिइओ श्रेष्ठको बिदाइ, खनाललाई कामुको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:oo:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ सेवानिवृत्त भएका छन् । श्रेष्ठ आफ्नो आठवर्षे कार्यकाल पूरा गरी २८ चैतदेखि सेवाबाट निवृत्त भएका हुन् । उनी २९ चैत ०७२ मा खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथमपटक नियुक्त भएका थिए । त्यस्तै, २९ चैत ०७६ मा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए । 

श्रेष्ठको अवकाशसँगै रिक्त रहेको सिइओमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायममुकायमको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ । बैंक व्यवस्थापनले एक कार्यक्रम राखी सिइओ श्रेष्ठलाई बिदाइ गरेको छ ।

प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकलाई सबल बैंकका रूपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको थियो । त्यस्तै, श्रेष्ठले आठ वर्षको अवधिमा आफूले पाएको साथ र सहयोगप्रति सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे ।

ad
ad