Skip This
गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o चैत २९ बिहीबार १६:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार १६:o५:oo

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा तीन सय २४ जनाले सेवा लिएका छन्। चालपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय तथा साझा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टरहरूसहित शिविर सञ्चालन गरिएको थियो। 

शिविरमा ९६ पुरुष र दुई सय ३० महिलाले सेवा लिएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए। शिविरमा डाक्टर प्रदीपकुमार श्रीवास्तव, लक्ष्मण शर्मा, जीवन थापा, संगीता पाण्डे, प्रवेश्वर घिमिरे, कृष्ण खनाल, नियम मुसलमान र डाक्टर विकास अर्यालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।

गाउँमै शिविरको आयोजना गरेर महिलारोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, फेमिली फिजिसियन सेवा र सुगर परीक्षण निदान गरिएका रोगको निःशुल्क औषधि वितरण गरेपछि स्थानीय खुसी भएका थिए।

उपचारका लागि शिविरमा आएकी स्थानीय सुन्तलीदेवि नेपालीले ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर हुँदा बुटवल तथा पाल्पा जान नपरेकाले खुसी लागेको बताइन्। उनले विपन्न परिवारका लागि शिविर निकै फलदायी भएको बताइन्। त्यस्तै सोही स्थानकी टीकादेवी सुनारले बिमारले च्यापे पनि अस्पताल जान नसक्ने तथा टाढा पुगेर फलाेअप गर्न पर्नेहरूलाई शिविरले सहज भएको बताइन्।

चालपाला रुपन्देही सम्पर्क समाज सामाजिक कार्यमा स्थापित नाम हो। ०७५ मा स्थापना भएको समाजले शिक्षा, स्वास्थ्य तथा विपन्नता कारण समस्यामा परेका परिवारहरूलाई सहयोग गर्दै आएको गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्रीले जानकारी दिइन्। उनले गाउँसँगको सम्बन्ध स्थापित गराइरहने उद्देश्यले विभिन्न समयमा सामाजिक काम गर्दै आएको बताइन्।

निःशुल्क बृहत् स्वास्थ्य शिविरमा चारपाला स्थायी घर भई हाल गुल्मी तम्घासमा बस्ने कर्णबहादुर रायमाझीले ५० हजार आर्थिक सहयोग गरेका थिए । चारपाला घर भई युकेमा रहेका लेखराज ज्ञवालीेले ११ हजार, खिमप्रसाद अर्यालले १० हजार र स्वर्गीय प्रेमबहादुर खत्रीको स्मृतिमा छोरा वीरबहादुर खत्रीले ११ हजारलगायत दुई दर्जन व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा समाजले सहयोगीलाई सम्मान तथा विभिन्न रोगबाट पीडित परिवारका सदस्यलाई आर्थिक सहयोग प्रदान गरेको थियो। शिविरको उदघाटन गर्दै प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गर्दै आएका सामाजिक कामको खुलेर प्रशंसा गरे।

उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समाजले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्दै निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगका थुप्रै नागरिक लाभान्वित भएकोमा खुसी व्यक्त गरे।