मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Monday, 17 March, 2025
२o८o चैत १८ आइतबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कास्कीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १० घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १८:५९:oo

कास्कीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। पोखरा महानगरपालिका– १ हरिचोकबाट अन्नपूर्ण गाउँपालिका– ४ भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप वडा नम्बर ४ स्थित सल्लाघारीमा सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

मृत्यु हुनेहरूमा पोखरा– २३ पामे बस्ने ५५ वर्षका लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए।

दुर्घटनाको खबर पाएसँगै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीको कमान्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो। रेग्मीका अनुसार घाइतेहरूलाई उपचारका लागि पोखरा ल्याइएको छ। अन्य विवरण आउन बाँकी छ।