
एनआइसी एसिया क्यापिटलले ‘एनआइसी एसिया अनलाइन डिम्याट सेवा’अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकहरूले भिडियोमार्फत केवाइसी प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको छ।
प्रविधिको प्रयोग गरी सहज एवं सुलभ रूपमा ग्राहकलाई सेवा प्रदान गर्ने मुख्य रणनीतिअनुसार यो सेवा सुरु गरेको क्यापिटलले जनाएको छ। कम्पनीले यसअघि नै आफ्ना अधिकांश सेवा अनलाइन तथा विद्युतीय माध्यमबाट लिन मिल्ने गराइसकेको छ।
विदेशमा रहेका नेपाली तथा नेपालबाटै ‘एनआइसी एसिया अनलाइन डिम्याट सेवा’मार्फत डिम्याट खाता खोली प्रमाणीकरण गर्न बाँकी ग्राहकले डिम्याट खाता खोल्दा उल्लेख गरेको इमेल ठेगानामा क्यापिटलले पठाएको लिंक क्लिक गरी विवरण भरी भिडियो केवाइसी गर्न सक्नेछन्। भिडियो केवाइसी गर्दा डिम्याट खातावालाको विवरण डिम्याट खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग रुजु गरेर मात्र केवाइसी स्वीकृत गरिने क्यापिटलले जनाएको छ।
साथै प्रमाणीकरण गर्न बाँकी रहेका र क्यापिटलबाट भिडियो केवाइसी गर्न लिंक प्राप्त नभएमा अथवा भिडियो केवाइसी सम्बन्धमा थप जानकारीका लागि क्यापिटलको मोबाइल नम्बरहरू ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने बताइएको छ।