१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १५ बिहीबार १५:५५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १५ बिहीबार १५:५५:००

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.७८ अंकले उकालो लागेर दुई हजार ३५.६४ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३६ अंकले ओरालो लागेर तीन सय ५९.०९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे सेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ।

कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता सेयर रु. दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको रु. १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ बराबरको कारोबार भयो।

त्यस्तै, गाेर्खाज फाइनान्स रु. १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट रु. १५ करोड ३९ लाख ३३ हजार छ सय ४९, सोनापुर मिनरल्स रु. ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर रु. सात करोड तीन लाख २३ हजार एक सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९.९६, हिमालयन हाइड्रोपावर ८.७३, सामलिङ पावर कम्पनी ८.०७ र पिपल्स पावरका लगानीकर्ताले ७.४४ प्रतिशतले कमाएका छन्। 

उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फन्ड ६.८०, जोशी हाइड्रोपावर ३.३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन्।