Skip This
कप्तान चेसको अर्धशतकमा नेपाललाई २०५ रनको लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १४:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कप्तान चेसको अर्धशतकमा नेपाललाई २०५ रनको लक्ष्य

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १४:o५:oo

कप्तान रोस्टन चेसको अर्धशतक प्रेरित वेस्ट इन्डिज ‘ए’ले पहिलो टी–२० खेलमा घरेलु टोली नेपाललाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। वेस्ट इन्डिजबाट ४९ टेस्ट खेलिसकेका चेसले नेपालविरुद्ध ४५ बलमा ९ चौका र दुई छक्कासहित ७४ रन बनाएका हुन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङमा निम्त्याएका थिए। वेस्ट इन्डिजले पूरा ओभर ब्याटिङ गर्दै पाँच विकेट गुमाएर दुई सय ४ रन बनायो।

वेस्ट इन्डिजविरुद्ध बलिङतर्फ नेपाली खेलाडी चुकेका छन्। टोलीमा कमब्याक गरेका कमलसिंह ऐरीले तीन ओभरमा एक विकेट लिएर ५३ रन खर्चिए। 

वेस्ट इन्डिजका ओपनर एलिक एथानजीले २५ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाउँदा केसी कार्टीले २६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन बनाए। उनी आउट हुँदा वेस्ट इन्डिज १४.२ ओभरमा ४ विकेट गुमाएर १४६ रनमा खेलिरहेको थियो।

तेस्रो नम्बरमा क्रिज आएका आन्द्रे फ्लेचरले ५ बलमा १३ रन बनाइरहेको अवस्थामा रोहितकुमार पौडेल र विकेटकिपर अनिलले कुमार शाहबाट रनआउट हुन पुगे। चेस र कदिम एलिनीबीच ५७ रनको सर्वाधिक साझेदारी भएको थियो। कदिमले १४ रन बनाए।  

छैटौँ बलमा कमलसिंह ऐरीले दुई बल खेलिरहेका ओपनर जोनसन चार्लेसलाई शून्यमा बोल्ड गरेका थिए।

नेपालको लागि कमलसिंह ऐरी, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट हात पारे। चार ओभर बलिङ गरेका ललितनारायण राजवंशी ३४ रन खर्चिएर विकेटविहीन रहे। तीन ओभर बलिङ गरेका प्रतीश जिसी पनि विकेटविहीन भएका छन्।

पहिलो खेलमा प्रशिक्षक मोन्टी देसाईले अनुभवी आसिफ शेख, सोमपाल कामी र करण केसीलाई बाहिर राखेका छन्। उनीहरूको स्थानमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह, विवेक यादव तथा कमलसिंह ऐरीलाई मौका दिएका हुन्।

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप वेस्ट इन्डिज नेपालमा खेल्न आएको हो। शृंखलाको दोस्रो खेल आइतबार हुनेछ। तेस्रो खेल १९ वैशाखमा, चौथो २० वैशाखमा र पाँचौँ खेल २२ वैशाखमा हुनेछ । वेस्ट इन्डिज पहिलोपटक नेपाल भ्रमणमा आएको हो।

ad
ad