मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २५ आइतबार
  • Sunday, 23 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २५ आइतबार १५:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेसँगै बढ्याे काराेबार रकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २५ आइतबार १५:५२:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२.७५ अंक अर्थात् १.१३ प्रतिशतले बढेर दुई हजार २६ अंकमा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर ६४ हजार दुई सय २१ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३.५६ मा कारोबार भएका छन्।

आजको कारोबारपछि बजार पुँजीकरण रु. ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ पुगेको छ।

होटेल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ। आज वित्त समूह ५.९५ प्रतिशत, विकास बैंकको सूचक ३.१६ प्रतिशतले उकालो लागेको छ।

आजको कारोबारमा विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन्। मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। 

त्यसैगरी, तारागाउँ रिजेन्सी होटेल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको ४.३५, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड– १ को ३.१० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २.७६ प्रतिशतले घटेको छ।