Skip This
इलाम २ मा ४२ प्रतिशत मत खस्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इलाम २ मा ४२ प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १४:१८:oo

प्रतिनिधिसभाअन्तर्गत रिक्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ। बिहान ७ बजेबाट ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा ४२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय मत खस्ने दर केही बढेको छ। साँझसम्म ७० प्रतिशत मत खस्ने आकलन गरिएको उनले बताए।

इलाम २ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ।

मुख्य  निर्वाचन अधिकृतको कार्यालय इलामका सहायक निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठका अनुसार इलाम २ मा एक लाख १५ हजार ८८९ मतदाता रहेका छन्। निर्वाचन कार्यालय इलामका अनुसार उपनिर्वाचनका लागि कुल ७४५ कर्मचारी खटिएका छन्।

यस्तै, मतदानका दिन सुरक्षाका लागि दुई हजार ५७७ जना सुरक्षाकर्मी परिचालन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीबाट १३ सय ६३, सशस्त्र प्रहरीबाट ७१०, नेपाली सेनाबाट ४८० र राष्ट्रिय अनुसन्धानबाट २४ जना सुरक्षाकर्मी खटिएका छन्।

गत भदौमा यहाँका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

ad
ad