Skip This
इलाम २ उपनिर्वाचन : ३३ प्रतिशत मत खस्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इलाम २ उपनिर्वाचन : ३३ प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १३:१६:oo

इलाम २ को उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मध्यान्न १२ बजेसम्म ३३ प्रतिशत मत खसेको हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

‘बिहानको भन्दा अहिले बढेको छ। बिहान ९ बजेसम्म १० प्रतिशत मात्र थियो। अहिले यो प्रतिशत बढेको हो। गाउँमा घरधन्दा सकेर, गाइवस्तुलाई हेरचाह गरे आउँदा ढिला भएको हुन सक्छ,’ उनले भने, ‘पहाडमा अलिक धेरैबेर हिँड्नुपर्ने भएकाले पनि ढिला गरी मतदाता आएका हुन सक्छन्। साँझसम्म ७० प्रतिशत मत खस्ने हाम्रो आकलन छ।’

केही मतदानस्थलमा मतदाताको भिडभाड देखिन्छ भने केहीमा सुनसान देखिन्छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन्।

यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ। उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएपछि यहाँ आज उपचुनाव भएको हो।

हेर्नुहाेस् तस्बिरहरू :

 

ad
ad