१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:oo:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँवस्थित मेदान्त–द मेडिसिटी अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । बैंकले यस्तो किसिमको सुविधा विगत चार वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ३६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप सात शाखा विस्तार गरेर आगामी दिनमा देशका ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

ad
ad