Skip This
मुख्यमन्त्री राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २८ शुक्रबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मुख्यमन्त्री राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १७:३७:oo

तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबलको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबलाई पाएको छ। कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा भएको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबलको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबलाई पाइएको हो। 

शनिबार सम्पन्न भएको फाइनल प्रतियोगितामा गण्डकी प्रदेशकोे टिमलाई ३–१ ले हराउँदै उपाधि चुमेको हो। 
एपिएफ क्लबले गण्डकीलाई पहिलो २५–२१, तेस्रो ३०–२८, चौथो २५–२१ मा हराएको थियो भने दोस्रो सेट गण्डकीले एपिएफ क्लबलाई २५–१६मा हराएको थियो। 

लिग चरणमा समेत सशस्त्र प्रहरीले गण्डकीलाई अन्तिम ३–१ कै सेटले हराएको थियो। प्रतियोगिताको विजेता सशस्त्र प्रहरी र उप विजेता गण्डकी प्रदेश भएको छ। 

सेमिफाइनल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी फाइनलमा प्रवेश गरेको थियो भने सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। 

शनिबारै तेस्रो स्थानका लागि भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्बललाई नेपाल प्रहरीको एनपिसी क्लबले ३–१ को सेटले हराउँदै तेस्रो स्थान हासिल गरेको छ। 

एनपिसीले त्रिभुवन आर्मी क्लबलाई लगातार दुई सेट २५–१३ र २५–१२ साथै चौथो २५–२०मा हराएको थियो भने त्रिभुवन आर्मी क्लबले एनपिसीलाई तेस्रो सेट २५–२०ले जितेको थियो। नेपाल पुलिस क्बलले तेस्रो र आर्मीले चौथो स्थान हासिल गरेका छन्। 
तेस्रो मुख्यमन्त्री प्रतियोगिता विजेता टिम एपिएफले नगद चार लाख, उप विजेता गण्डकी प्रदेशले दुई लाख र तेस्रो हुने टिम एनपिसीले १ लाख चौथो भएको त्रिभुवन आर्मी क्लबले सान्त्वनास्वरूप ५० हजार नगद पुरस्कार पाएको छ। 

समापन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वउपप्रधान रक्षा, गृहमन्त्री भीम रावल, सुप प्रदेशका पूर्वमन्त्रीद्वय प्रकाश रावल, मानबहादुर धामीले विजेता टिमका खेलाडीलाई पुरस्कार वितरण गरेका छन्। 
 
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव‌ं जिल्ला भलिबल संघ कञ्चनपुरको व्यवस्थापनमा सातासम्म सञ्चालन भएको प्रतियोगितामा हजारौँ दर्शकले अवलोकन गरिरहेका थिए। 

ad
ad