१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार १२:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सेनालाई हराउँदै पुलिसद्वारा तेस्रो स्थान सुरक्षित 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३६:oo

कञ्चनपुर महेन्द्रनगरको खुलामञ्चमा सञ्चालित तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसले नेपाली सेनाको टिमलाई हराउँदै पुलिसले तेस्रो स्थान सुरक्षित गरेको छ। 

शनिबार बिहान तेस्रो स्थानका लागि भएको प्रतियोगितामा पुलिसले ३ र १सेटले हराउँदै तेस्रो स्थान बनाएको हो। एपिएफ र गण्डकी फाइनल यात्रामा पुगेका छन्। शुक्रबार फाइनल प्रतियोगितामा एपिएफले आर्मीलाई २/३ र गण्डकीले प्रहरीलाई २ र ३ सेटले जितेर फाइनल यात्रामा पुगेको छ।

प्रथमका लागि गण्डकी र एपिएफबीच हुनेछ। केहीबेरमा फाइनल खेल हुनेछ। विभागीय टिमसहित गण्डकी प्रदेशको टिम सेमिफाइनलमा पुगेका थिए।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं जिल्ला भलिबल संघ कञ्चनपुरको प्राविधिक सहयोग सहयोगमा आइतबारदेखि सुरु भएको मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगितामा विभिन्न लिग चरणका प्रतियोगिता जित्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागीय टिमसहित गण्डकी प्रदेशको टिम सेमिफाइनलमा प्रवेश गरेको हो। योसँगै अब शुक्रबार तीन विभागीय र गण्डकी टिमबीच सेमिफाइनलका प्रतियोगिता हुनेछन्।

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले शनिबार प्रतियोगिता सम्पन्न हुने बताए। सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले क्षेत्रको खेलकुद वृद्धि विकासका लागि कञ्चनपुर रोजेको बताए।

उनका अनुसार प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिनेछ। चौथो हुने टिमलाई सान्त्वनास्वरूप ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। 

सेमिफाइनल खेलमा पाँच हजारका दरले म्यान अफ द म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०/१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

भलिबलका वरिष्ठ प्रशिक्षक जगदीश भट्टले लामो समयपछि महेन्द्रनगरमा भइरहेको राष्ट्रियस्तरको प्रतियोगिताले भलिबलको वृद्धि विकासका साथै आन्तरिक पर्यापर्यटन प्रवर्द्धन भइरहेको बताए। 

जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिंह मौनीले दैनिक हजारौँ दर्शकले भलिबल अवलोकन गरिएको बताए। अध्यक्ष मौनीका अनुसार विद्यार्थी सहुलियतदेखि सिजनल टिकेटअनुरूप प्रतियोगिता अवलोकन भइरहेको छ।

कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले केही समयअघि कञ्चनपुरमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र अहिले मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता र केही समयपछि जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले जिल्ला खेलकुदमय भइरहेको बताए। २० माघसम्म सञ्चालन हुने प्रतियोगिताको दैनिक हजारौँ दर्शकले अवलोकन गरिरहेका छन्।

ad
ad