१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २० बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफले चुम्यो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५२:oo

संखुवासभामा आयोजित मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। शनिबार भएको फाइनल खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को अन्तरमा हराएको हो।

पहिलो सेट गण्डकीले २५–२० अंक प्राप्त गर्दै जित हासिल गरे पनि त्यसपछि लगातार २५–२३, २५–२१ र २५–२१ अंक प्राप्त गर्दै तीनै सेट जित्दै एपिएफले उपाधि चुमेको हो।

प्रतियोगितामा नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ। पुलिससँग २५–२३, २५–१७, २५–१७ ले पराजित आर्मीले चौथो स्थानमा चित्त बुझाएको छ।

फाइनल खेलमा म्यान अफ द म्याच एपिएफका विजय थापा घोषित भए। थापालाई आयोजकको तर्फबाट नगद ५ हजार रुपैयाँले पुरस्कृत गरिएको छ। 

सदरमुकाम खाँदबारी–७ स्थित खाँदबारी रंगशालामा मंगलबारदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको छ। विजेताहरूलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले पुरस्कार हस्तान्तरण गरे।

प्रतियोगितामा बागमती र मधेश प्रदेशबाहेक पाँच प्रदेश र तीन विभागीय टिम आर्मी, पुलिस र सशस्त्र गरी ८ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश: तीन लाख र एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा तृतीयले ५० हजार र चौथो टिमले ३० हजार रुपैयाँ पाएका छन्।

ad
ad