Skip This
तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलमा आयोजक सुदूरपश्चिमको विजयी सुरुवात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २८ शुक्रबार २o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलमा आयोजक सुदूरपश्चिमको विजयी सुरुवात

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २o:o५:oo

कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा सञ्चालन भइरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आयोजक सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ। 

सुदूरपश्चिम प्रदेशको टिमले घरेलु मैदानमा छिमेकी प्रदेश कर्णालीलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। उद्घाटनभन्दा अघिल्लो दिनबाट प्रतियोगिता सुरुवात भएको थियो। 

पहिलो दिन हिजो दुई सेटको खेल सकिएपछि मौसम खराब हुँदा बाँकी सेट रोकिएको थियो। हिजो सुदूरपश्चिम र कर्णालीले एक–एक सेट जितेका थिए। तर, आज भएका बाँकी सेटमा सुदूरपश्चिमले जित्दै कर्णालीलाई पराजित गर्‍यो। 

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले दोस्रो दिन १० टिमबीच पाँच खेल भएको जानकारी दिए। उनका अनुसार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले आ-आफ्ना खेल जितेका छन्। यस्तै, लुम्बिनी प्रदेशले बागमतीलाई पराजित गर्‍यो। 

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले क्षेत्रको खेलकुद विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए। सिंहले यसअघि दुईपटक धनगढीमा सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रोपटक कञ्चनपुर महेन्द्रनगरमा गर्न लागेको जानकारी दिए। प्रतियोगितामा सातै प्रदेशसहित तीन विभागीय गरेर १० टिम सहभागी छन्। 

प्रतियोगितामा विजेता टिमलाई नगद चार लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिनेछ। चौथो हुने टिमलाई सान्त्वनास्वरूप ५० हजार नगद पुरस्कार पाउनेछ। 

यस्तै, सेमिफाइनल खेलमा पाँच हजारका दरले म्यान अफ द म्याच, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही १०-१० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। 

सदस्यसचिव सिंहले प्रतियोगितामा सम्पन्न गर्न झन्डै ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिंह मौनीले उद्घाटनका दिन सबैलाई निःशुल्क प्रवेश गराइएको बताए। भलिबलका वरिष्ठ प्रशिक्षक जगदीश भट्टले क्षेत्रको वृद्धि विकासका लागि प्रतियोगिता सञ्चालन भएको बताए। 

ad
ad