१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भलिबल खेल सञ्चालन गर्न तयारी अवस्थामा रहेको खाँदबारी रंगशाला
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २० बिहीबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मुख्यमन्त्री राष्ट्रिय भलिबलको सम्पूर्ण तयारी पूरा

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२५:oo

संखुवासभाको सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । खाँदबारीस्थित रंगशालामा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी भएको जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिएका छन् । प्रतियोतिगाअघि झाँकी र्‍यालीसहित प्रस्तुति हुनेछ । जसमा विभिन्न जातजातिको झाँकी र नृत्यसमेत प्रदर्शन गरिने उनले बताए ।

राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष घिमिरेलाई छ । दैनिक करिब तीनदेखि पाँच हजारसम्म दर्शक अटाउने अस्थायी प्यारापिट निर्माण गरिएको उनले बताए । प्रतियोगितामा आर्मी, एपिएफ र पुलिसँगै सात प्रदेशका टोलीले भाग लिनेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब ४६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । जसमा कोशी प्रदेशबाट २० लाख र बाँकी २६ लाख रुपैयाँ संकलन हुने क्रममा रहेको घिमिरेको भनाइ छ ।

प्रतियोगितामा खर्चको अभाव नहुने उनले बताए । प्रतियोगितका विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाप्त गर्नेछन् । यसैगरी, तेस्रो स्थानमा रहने टोलीले ५० हजार रुपैयाँ र चौथो हुनेले ३० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट पाँच विधामा रहेकाले जनही ५० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । 

ad
ad