१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० चैत ९ शुक्रबार ०८:०८:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
२०८० चैत ९ शुक्रबार ०८:०८:००

लामो समयसम्म पार्टी विभाग गठन नहुँदाको असर कांग्रेसले अझै महसुस गर्न सकेन है ?
हुनपर्ने काम समयमै नहुँदा त त्यसको असर देखिने नै भयो । विभाग गठन गरेर पार्टीलाई चलायमान गर्ने विषयमा ढिलाइ भएकै हो । हामीले यसलाई नजरअन्दाज गरेका पनि होइनौँ । अब भने १५ चैतभित्रै हामी जसरी पनि विभाग गठनलाई टुंग्याउने तयारीमा छौँ । यस विषयमा पार्टीमा सघन छलफल भइरहेको छ । अब बस्ने पदाधिकारी बैठकले यो विषय टुंगो लगाउनेछ ।

कांग्रेसलाई केले रोक्यो त समयमै  विभागलाई पूर्णता दिन ?
पार्टीका गतिविधि, विकसित राजनीतिक र अन्य घटनाक्रमका कारण पार्टी विभागले पूर्णता पाउन सकेका थिएनन् । विभिन्न कारणले तयारी नपुग्दा लामो समयसम्म हामीले परिणाममा देखिने गरी काम नसकेका हौँ । विभाग गठनबारे हामी निरन्तर छलफलमै थियौँ । छलफलबाट सबै विषयमा सन्तुलन कायम गरेका छौँ । अब नतिजामा देखाउँछौँ । 

विभागको संख्या ४८ बाट बढाउने  विषयमा के हुँदै छ ?
१० साउनमा बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार हामीले ७० विभाग र नामको टुंगो लगाइसकेका छौँ । पुराना विभागसँगको कार्यक्षेत्र मिलानलगायतका काम पनि सबै सकिसकेका छौँ । अब विभागका संयोजक तोक्ने, सदस्य मनोनयन गर्ने र सम्पूर्ण विभागलाई पूर्णता दिने काम मात्र बाँकी छ ।