१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:५५:oo

२८ महिनामा एमालेका तीन लाखभन्दा बढी सदस्य घट्नुले के संकेत गर्छ ?
पछिल्लो समयमा मूलधाराका भनिएका पार्टीहरूप्रति आमजनताको तहमा विश्वास घट्दै गएको देखिन्छ । यसरी एमालेका सदस्य घट्नुको कारण पनि त्यही नै हो । एमालेले आफ्नो पार्टीको ‘क्याम्पेन’ त गरी नै रहेको भए पनि जनताले उसलाई विश्वास गर्न सकिरहेको देखिन्न । यसले अहिले तत्काल पार्टी जीवनमा ठुलो प्रभाव पारेको नदेखिए पनि ‘क्याडर बेस्ड’ पार्टी भएकाले निर्वाचनको समयमा यसको प्रभाव देखिनेछ । पार्टी सदस्य भनेकै क्याडर हुन् । यसले ०८४ को निर्वाचनमा प्रभाव पार्न सक्छ । यसबाट जोगिन पार्टीले समयमै जनतासित जोडिने र सदस्य संख्या बढाउने गतिविधि अघि बढाउन सक्नुपर्छ । 

यसले एमाले नेतृत्व या पार्टी पंक्तिलाई सच्चिन कत्तिको दबाब सिर्जना गर्ला ?
स्वाभाविक रूपमा यसले ठुलै दबाब सिर्जना गर्छ । यसरी पार्टीका बफादार सदस्यहरू घट्नुको सही कारण खोज्ने हो भने सबैभन्दा पहिले नेतृत्वले आफैँभित्र चियाउन र आफैँमाथि समीक्षा गर्न सक्नुपर्छ । आफैँले आफ्ना कमी कमजोरी खोजी गरी तिनलाई सच्याउने बाटो अवलम्बन गर्न सक्नुपर्छ । 

यसले एमालेको समग्र पार्टी जीवनमा कस्तो प्रभाव पार्ला ?
पार्टी नेतृत्वले आमजनतामा विश्वास जगाउन सकेन भने जनताले विकल्प रोज्छन् । तनहुँको उपनिर्वाचनमा त्यो देखियो पनि । एमालेले आफ्नो ‘पपुलर’ मतसमेत जोगाउन सकेको देखिएन । यो निराशाले निरन्तरता पाउनु पार्टी जीवनका लागि शुभ हुन सक्दैन । उसको पार्टी जीवनका लागि यो खतराको घन्टी हो । नेतृत्वले समयमै यसको आवाज सुनेर आफूलाई सच्याएर जनतामाझ जान सक्नुपर्छ । 

ad
ad