१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

परराष्ट्र मामिलाविद् डा. दिनेश भट्टराईलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:१७:oo

कतारी राजाको राजकीय भ्रमणलाई कसरी हेर्नुभएको छ ? 
अरब देशबाट राष्ट्राध्यक्ष तहमा भएको यो नै पहिलो भ्रमण हो । कतार र हाम्रो सम्बन्ध निकै महत्वपूर्ण छ । झन्डै चार लाख नेपाली युवा कतार निर्माणमा कार्यरत छन् । तिनको सुरक्षा, कल्याण र रोजगारीका विषयमा पनि आफ्ना धारणा राख्ने उपयुक्त अवसर हो यो ।

यो भ्रमण दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सहजीकरण गर्ने अवसर पनि हो । कतारले यतिखेर सबैका लागि स्वीकार्य हुने किसिमको शान्त कूटनीति अपनाइरहेको छ । इजरायलमा हमासको आक्रमणपछि हाम्रा विपिन जोशी हमासको नियन्त्रणमा छन् । यसमा प्रधानमन्त्री प्रचण्डले कुरा उठाउने त बताइसक्नुभएको छ । उनको रिहाइका लागि कतारको ध्यानाकर्षण गराउने सुनौलो अवसर पनि हो यो भ्रमण । कतारी लगानी भित्र्याउने मौका पनि हो यो । 

कतारले यो स्तरमा भ्रमण गर्नुको उद्देश्य के हुन सक्छ ?
यसलाई कतारले हाम्रो मित्रता या सम्बन्धलाई विशेष महत्व दिएको रूपमा पनि बुझ्न सकिन्छ । कतारले यतिखेर ‘गो विट्विन’ को भूमिका निर्वाह गरिरहेको छ । आफ्नो देशमा ठुलाठुला अन्तर्राष्ट्रिय सभा, सम्मेलन पनि गरिरहेको छ । उसले आफ्नो त्यही भूमिकालाई थप मजबुत बनाउन साना राष्ट्रहरूको पनि सद्भाव लिन खोजेको हुन सक्छ । 

यस भ्रमणका लागि हाम्रो तयारीचाहिँ कस्तो देखिन्छ ?
यो स्तरको भ्रमणमा जेजस्तो तयारी हुनुपर्ने थियो, त्यो हुन नसकेको जस्तो देखिन्छ, बाहिरबाट हेर्दा । तर, जेजस्ता कमी कमजोरी भएका भए पनि भ्रमणलाई फलदायी बनाउन सक्दो कोसिस गर्नुपर्छ ।  

ad
ad