१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४८:oo

एमाले किन तत्काल वाम ध्रुवीकरणको  विपक्षमा उभिएको होला ?
यो एउटा बुझिनसक्नुको परिदृश्य हो । यो सरकार बनेकै वाम ध्रुवीकरणका लागि हो । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले समेत पटक–पटक भन्दै आएको पनि यही हो । तर, अहिले एकाएक एमालेको दस्तावेजमा तत्काल वाम ध्रुवीकरण नगर्ने भन्ने प्रस्ताव आएको छ ।

सम्भवतः यो सब एकीकृत समाजवादी र क्रान्तिकारी ‘नेचर’का ससाना वामपन्थी दलहरूसँग एकता गर्नु नपरोस् भन्ने सोचबाट ‘गाइडेड’ हुन सक्छ । यसबाहेक त यसको अर्को कुनै अर्थ लाग्दैन । ध्रुवीकरण गर्दैनौँ भनेर सरकार नै गिराउन त ओलीले पक्कै चाहँदैनन् होला । 

भविष्यमा चाहिँ वाम ध्रुवीकरणको सम्भावना कति देख्नुहुन्छ ?
नेपालमा दुई–तीन खालको ध्रुवीकरण हुन सक्ने सम्भावना देखिन्छ । एउटा माओवादी र एमालेजस्ता सुधारवादी दलहरूबीच ध्रुवीकरण हुन सक्छ । अर्को नेमकिपा, मोहन विक्रमको पार्टीजस्ता समूहबीच ध्रुवीकरण हुन सक्छ । अर्कोचाहिँ क्रान्तिकारी नेचर भएका दल या समूहबीच ध्रुवीकरण हुन सक्छ । यसबाट वाम वृत्तमा जम्मा तीन शक्ति कायम रहन सक्ने देखिन्छ । ध्रुवीकरणको प्रयास सबैले गरेको देखिन्छ, तर भनेजस्तो हुन सकेकोचाहिँ देखिन्न ।

वाम ध्रुवीकरण भएमा त्यसको जवाफमा लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरण हुने सम्भावना छ त ?
लोकतान्त्रिक ध्रुवीकरणको प्रयास गरे कांग्रेसले गर्ने हो । तर, नेपालमा कांग्रेसबाहेक लोकतान्त्रिक शक्ति भनेकै एमाले र माओवादी त बाँकी रहे । कि त तिनैसँग ध्रुवीकरण गर्नुपर्‍यो । होइन भने, राप्रपा या रास्वपासँग ध्रुवीकरण गर्नुपर्‍यो । राप्रपासँगको ध्रुवीकरण त कसरी लोकतान्त्रिक होला र ?

ad
ad