१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २७ आइतबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी प्रशासनलाई गृहमन्त्रीकाे आश्वासन- सरुवा-बढुवाका लागि शक्तिकेन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य गर्छु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २७ आइतबार १४:५०:००

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा–बढुवाका लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने बताएका छन्। 

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक रहेको बताए। 

उनले भने, ‘म कुनै व्यक्तिविशेषको सरुवा–बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन। केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढ संकल्प बोकेर आएको हुँ।’ 

आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पन आग्रह गर्दै उनले निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गरी नीति र विधिभित्र रहेर काम गर्न निर्देशन दिए। 

उनले आफू प्रहरीको ३० वर्षे सेवा अवधिको विषयमा म क्लियर भएको र हटाउने विषय छलफल गर्ने आश्वासन उिए। ‘यो हटाउनुपर्छ, तर के, कसरी र कुन वेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ। यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ। कसैलाई तत्काल लाभ वा हानि पनि पर्न सक्छ। व्यक्तिलाई होइन, अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ,’ उनले भने। 

प्रहरी संगठनका विद्यमान समस्या समाधानमा इमानदार प्रयास गर्ने बताउँदै गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने चेतावनी दिए।