मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Friday, 14 August, 2026
तिवारी यादव वीरगन्ज
२o८o चैत २९ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गलत काम गर्ने व्यवसायीलाई कारबाही हुन्छ, राम्रो काम गर्ने डराउनुपर्दैन : गृहमन्त्री लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार १८:५९:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राम्रो काम गर्ने उद्योगी व्यवसायीहरूको साथमा गृह प्रशासन रहेको र गलत गर्नेहरूलाई कारबाही गरिने बताएका छन्।

वीरगन्जमा गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा आयाेजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा गृहमन्त्रीले उद्योगी व्यवसायीहरूले एउटा सामग्रीको बिल राखेर अर्को सामान पठाउनेलाई गम्भीर रूपमा लिएको बताए।

अहिले बिल बिजकमा देखिएको समस्यालाई पूर्ण रूपमा नियन्त्रण गर्ने गरी कदम चाल्ने उनको भनाइ छ। व्यापारको नाममा बिल नबनाउने, गलत बिल बनाउने, एउटा बिलमा अर्को सामग्री हाल्नेलाई नियन्त्रणमा लिने र कारबाही गरिने उनको भनाइ छ।

मन्त्री लामिछानेले देशमा अहिले राजस्व संकलनमा देखिएको चुनौतीहरूलाई सामना गर्नका निमित्त नीतिगत रूपमा सरकारले चाल्नुपर्ने कदमको सन्दर्भमा गहिरो ढंगले छलफल गरिरहेको बताए।