१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रास्वपाको सिंगो शक्ति इलाममा, सभापति एवं गृहमन्त्री लामिछाने घरदैलोमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o९:oo

१५ वैशाखमा हुन लागेकाे उपनिर्वाचनकाे प्रचार प्रसार एवं घरदैलो कार्यक्रमको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो शक्ति अहिले इलाममा छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने चार दिनयता इलामको गाउँ–गाउँमा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई जिताउन अपिल गर्दै मत माग्दै हिँडिरहेका छन् ।

यसअघि तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनमध्ये दुईमा जित निकालेर उत्साहित भएको रास्वपा यसपटक इलाम २ मा जित निकाल्ने दाउमा छ । रास्वपा इलामको उपनिर्वाचनमा जित निकाल्दै पूर्वमा उदयको उद्घोष गर्न चाहन्छ । तसर्थ, उसले सिंगो शक्ति इलाममा केन्द्रित गरेको छ । 

सभापति लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, सांसद तोसिमा कार्की, सन्तोष परियार, निशा डाँगी, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायत नेताहरू इलाममा छन् । यस्तै, यसअघि शिक्षामन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल, मनीष झा, विन्दबासिनी कंसाकारगायतका नेता पनि इलाम आएका थिए ।

‘हाम्रो चुनावी अभियान राम्रो भइरहेको छ । यसपटक जनताले मत बदल्ने प्रतिक्रिया दिइरहनुभएको छ,’ रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘पार्टी सभापति उम्मेदवार मिलन लिम्बूसँगै हिँडेर मत मागिरहनुभएको छ । अरू नेताहरूले फरक–फरक ठाउँमा रास्वपा उम्मेदवारका लागि मत मागिरहनुभएको छ ।’

 

ad
ad