राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा

शुक्रबार, २५ फागुन, २०८०
डिजिटल संस्करण
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा

तस्बिर : संजित परियार/नयाँ पत्रिका ।

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । त्यसक्रममा उनले पूजा –राधना पनि गरे । पूजा–आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरे । 

राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्रांगणमा आउँदा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्यसचिव राजु खत्रीलगायतले स्वागत गरेका थिए । 

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा–आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा आज लाखौँ दर्शनार्थीले दर्शन गरेका छन् । महाशिवरात्रिको अवसरमा  आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो । 

सुझावित समाचार