१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार ११:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तनहुँका दुई ठाउँमा  ग्लोबल आइएमईको  शाखारहित बैंकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार ११:५४:००

ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दीपुर गाउँपालिका–६, हुस्लाङ तथा सारांघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या दुई सय ७७ पुगेको बैंकले जनाएको छ । 

हाल बैंकले ७७ वटै जिल्लामा कुल तीन सय ५४ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।