१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको ‘पैसा आउने, थपेर पाउने’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o४:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकिङ प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।

‘पैसा आउने, थपेर पाउने’ योजनाअन्तर्गत विदेशबाट ग्लोबल रेमिटमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा पाँच सय रुपैयाँसम्मको क्यासब्याक पाइने बताइएको छ ।

 रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पठाउँदा सय रुपैयाँ, ५०,००१ देखि एक लाखसम्म दुई सय ५० रुपैयाँ र एक लाखभन्दा बढी रकम पठाउँदा पाँच सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो 
योजना १० जुन २०२४ सम्म लागू रहनेछ ।

ad
ad