१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सातै प्रदेशमा ग्लोबल आइएमईको वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:२७:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा सप्ताहव्यापी रूपमा सातवटै प्रदेशमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यालयको संयोजनमा युवा तथा विद्यार्थीलक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुबारे जानकारी गराइएको बैंकले जनाएको छ । यसका साथै देशव्यापी रूपमा गरेका अन्य वित्तीय कार्यक्रममा अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रममा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको जनाइएको छ । 

बैंकले आफ्ना तीन सय ५४ वटै शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको जनाएको छ । हाल बैंकले देशभरमा तीन सय ५४ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad