१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र हब एजुकेसनबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२७:oo

 ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेसनलका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरे ।

 समझदारीअनुसार बैंकले हब इन्टरनेसनलमार्फत सिफारिस भएका विद्यार्थीलाई भारतका विश्वविद्यालयमा उच्च शिक्षा आर्जनका लागि आवश्यक शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्नेछ ।

हब इन्टरनेसनलद्वारा सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् छिटो, सरल तथा सहज रूपमा यो कर्जा प्रवाह गरिने बताइएको छ । 

ad
ad